भारत भ्रमणबाट फर्किए प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चार दिने भ्रमण सकेर आज (शनिबार) स्वदेश फर्किएका छन् ।
भारतको नयाँ दिल्लीबाट नेपाल एअरलाइन्सको जहाजमार्फत काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन् । उनी आइतबार साँझ काठमाडौं फर्किएका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी जेठ १७ गते भारत गएका थिए । उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री मोदीलगायत उच्च पदस्थ व्यक्तिसँग भेटवार्ता गरेका थिए ।

भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्तामा दुवै देशको सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो । यससँगै प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच सात वटा सम्झौता भएका थिए ।

 
 
  
 

You may also like