तान्जानियाद्वारा घातक मारबर्ग भाइरस प्रकोपको अन्त्यको घोषणा

काठमाडौं । तान्जानियाले शुक्रबार घातक मारबर्ग भाइरसको प्रकोपको अन्त्य भएको घोषणा गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार गत मार्चको अन्त्यमा पहिलो पटक नौ जनामा यो घातक संक्रमण देखिएको र छ जनाको सो कारणले मृत्यु भएको थियो ।

त्यसयता यसको नियन्त्रणमा निकै प्रयास गरिएको थियो ।

 
 
  
 

You may also like