रेसुङ्गा नगरपालिकाद्वारा गुल्मी अस्पताललाई २८ लाखको सी-आर्म मेसिन हस्तान्तरण

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले जिल्लाको गुल्मी अस्पताललाई २८ लाखको सी-आर्म मेसिन हस्तान्तरण गरेको छ ।
मंगलबार रेसुङगा नगरपालिकाले गुल्मी अस्पताल बिकास समिति अध्यक्ष ,मेसु र हाडजोर्नी बिशेषज्ञलाई उक्त मेसिन हस्तान्तरण गरेका हुन । हाडजोर्नी सेवालाई सहज बनाउँनका लागि उक्त मेसिन हस्तान्तरण गरिएको रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मञ्जु घर्तिले बताएकि छन् । गुल्मी अस्पतालमा बिशेष डाक्टरको अभावका कारण हाडजोर्नी लगाएतका समस्याका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता जिल्लाबासिलाइ थियो ।

गुल्मी अस्पतालमा हाडजोर्नी बिशेषज्ञ आइसकेपछि उनलाइ टिकाइ राख्न नगरपालिकाले तलब बराबरको सेवा सुविधा दिएर राखेको छ । दिनमा ७०,८० जना बिरामीको एकजना मात्रै डाक्टर प्रदिप शिवाकोटीले चेकजाँच गर्थे साथै हप्तामा दुई दिने अपरेसन गरिएको उनै डाक्टर शिवाकोटी बताउँछन् । हाडजोर्नीको सेवा दिइराख्दा जनशक्ति र केही मेसिनरी सामान नहुदा समस्या रहेकोमा अहिले नगरपालिकाले सी(आर्म मेसिन उपलब्ध गराएपछि थप सेवा उपलब्ध गराउँन सहज हुने उनको भनाइ छ ।

हाडजोर्नी सेवालाई थप सहज र सुलभ बनाउन नगरपालिकाले गुल्मी अस्पताललाई सी-आर्म मेसिन हस्तान्तरण गरिएको नगरप्रमुख खिलध्वज पन्थीले बताए । उनले गुल्मी अस्पताल मेरो अस्पताल ठानेर सेवा लिने र दिने गर्नुपर्ने बताएका छन् ।

 
 
  
 

You may also like