चलचित्र पत्रकार रुपन्देहीको स्थापना दिवस: चलचित्र पत्रकारिता पुरस्कारबाट शर्मा र कुँवर सम्मानित

बुटवल । चलचित्र पत्रकार संघको २४ औ स्थापना दिवसको अवसरमा चलचित्र पत्रकार संघ रुपन्देहीले एक कार्यक्रमका बीच २ जना पत्रकारलाई सम्मान गरेको छ। बुटवलमा एक भब्य कार्यक्रमको आयोजना गरि आफ्ना दिबंगत पत्रकार स्व : एन बी कंडेलको स्मृतिमा एन बी चलचित्र पत्रकारिता पुरष्कार तथा नवोदित चलचित्र पत्रकारिता पुरष्कार संघले प्रदान गरेको हो।

नेपाली चलचित्रमा सयौ गीतमा स्वर दिनुभएकी बरिष्ठ गायिका देविका बन्दनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पत्रकार स्व: एनबी कंडेलकी श्रीमती मञ्जु कंडेलको हातबाट बिगत २५ बर्षबाट कला मनोरंजन क्षेत्रमा कलम चलाउदै आएका पत्रकार टीआर शर्मा ( टोपराज)लाई एनबी चलचित्र पत्रकारिता पुरष्कार २०७९ बाट नगद रु १० हजार सहित सम्मान गरिएको थियो। त्यसो त नवोदित चलचित्र पत्रकारिता पुरष्कारबाट नगद रु ५ हजार सहित खस्यौली साप्ताहिकका सम्पादक बिरेन्द्र कुवरलाई संघका अध्यक्ष मोहन न्यौपाने, प्रमुख अतिथि गायिका देविका बन्दना र बिशिष्ठ अतिथि नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, निबर्तमान अध्यक्ष सुमन श्रेष्ठ, सल्लाहकार मनिष पन्थ सम्मान गरिएको थियो।

नेपाली चलचित्रमा गीत गाएदेखी पछाडी फर्केर हेर्नु नपरेको इतिहास सम्झिदै प्रमुख अतिथी गायिका बन्दनाले चलचित्र पत्रकार र कलाकार र त्यस संग सम्बन्धित गायक गायिका संगीतकार तथा प्राबिधिकको सम्बन्ध नङ र मासुको भएको बताउनुभएको छ। सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथी बन्दनाले सम्मान हुने सबैलाई बधाई दिदै यस्तो सम्मानले पत्रकार र कलाकारको सम्बन्ध झन् नजिक हुने बताउनुभयो।

सो कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष कविन्द्र नेपाल, जनपत्रकार संगठनका बिनोद खनाल, बिशिष्ठ अतिथि नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, निबर्तमान अध्यक्ष सुमन श्रेष्ठ, सल्लाहकार मनिष पन्थ लगायतले पुरष्कृत हुने पत्रकारद्वयलाई बधाई दिदै चलचित्र पत्रकार संघ रुपन्देहीले गरेको सम्मानले समग्र कला मनोरंजनको क्षेत्रमा पत्रकारलाई लेख्न प्रेरणा दिएको बताएका थिए।

 
 
  
 

You may also like