यस्तो छ सरकारको नीति तथा कार्यक्रम

काठमाडौँ । सरकारले आगामी आर्थिक आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज (शुक्रबार) सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमार्फत सार्वजनिक गरेका हुन् ।

८,०३२ शब्दको नीति तथा कार्यक्रममा अर्थतन्त्रलाई चलायमान गराउने विशेष कार्यक्रम समेटिएको छ । राष्ट्रपति पौडेलले दुबै सदनको संयुक्त बैठकमा करिब दुई घण्टा लगाएर सरकारको नीति तथा कार्यक्रम वाचन गरे । नीति कार्यक्रम वाचनको अन्त्यमा राष्ट्रपति पौडेलले भने,‘प्रस्तावित नीति तथा कार्यक्रमले समृद्ध, सबल र न्यायपूर्ण नेपाल निर्माण गर्ने हाम्रो संकल्पलाई साकार दुल्याउन महत्वपूर्ण योगदान गर्ने मेरो विश्वास छ ।’

नीति कार्यक्रमको कार्यान्वयनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत बनाउने दाबी गर्दै राष्ट्रपतिले भने, ‘यस नीति तथका कार्यक्रमको कार्यान्वयनबाट संविधान र संघीयताको प्रभावकारी कार्यान्वयन हुने, उत्पादन, उत्पादकत्व र रोजगारीमा वृद्धि भई स्वाधीन, सबल र समाजवाद–उन्मुख अर्थतन्त्र निर्माण गर्न योगदान पुग्ने छ ।’

 
 
  
 

You may also like