सरकारले ५० युनिटसम्म खपत गर्ने घर परिवारलाई निःशुल्क बिजुली दिने

काठमाडौं । सरकारले हिउँदमा ३० र वर्षामा ५० युनिटसम्म बिजुली खपत गर्ने घर परिवारलाई निःशुल्क विद्युत वितरण गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ लागि प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा निःशुल्क विद्युत वितरण गरिने उल्लेख छ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

सरकारले अहिले मासिक २० युनिटसम्म विद्युत खपत गर्ने घरपरिवारलाई निःशुल्क विद्युत उपलब्ध गराइरहेको छ । यसअनुसार, मासिक २० युनिटसम्म विद्युत खपत गर्ने घर परिवारले डिमाण्ड शुल्कका रुपमा ३० रुपैयाँ मात्र तिर्दा पुग्ने जनाइएको छ ।

 
 
  
 

You may also like