शरणार्थी प्रकरणमा पक्राउ परेका रिजाल र मियाँलाई दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल पनि पक्राउ परेका छन् ।

काठमाडौंबाट पक्राउ परेका रिजाललाई बिहीबार नै सरकारी वकिलको कार्यालय र त्यसपछि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराईको छ । उनलाई शरणार्थी प्रकरणमा भएको ठगीमा संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै बिहीबार नै पक्राउ परेका गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय हज समितिका अध्यक्ष शमशेर मियाँलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ । पक्राउ परेका दुवैलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौ जिल्ला अदालतले अनुमति दिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यौपानेले जानकारी दिए । शरणार्थी प्रकरणमा बालकृष्ण खाँण, टोपबहादुर रायमाझी लगायतलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 
 
  
 

You may also like