आफ्नै नागरिक बेच्न ठूला दलबीच सहमति भएको देखियो : लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नक्कली भूटानी शरणार्थी प्रकरणमा ठूला दलबीच सहमति भएको आरोप लगाएका छन् ।

आज (बिहीबार) काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको नक्कली भूटानी शरणार्थी भ्रष्टाचार प्रकरणको बिरोध सभामा बोल्दै अध्यक्ष लिङदेनले यस्तो आरोप लगाएका हुन् । उनले आफ्ना नागरिक बेच्न ठूला दलहरुको सर्वदलीय सहमतिमा पुग्नु लज्जास्पद र दुःखदायी रहेको बताए ।

विश्व जगतमा नेपालको बद्नाम भएको भन्दै नेपालको शिर झुकेको बताउँदै उनले नक्कली भूटानी शरणार्थी प्रकरण पनि नेपाल प्रहरीको जोडबलमा र विदेशीहरुको चासोमा अगाडि बढेको तर्क गरे । उनले यो काण्डमा अर्बको भ्रष्टाचार मात्रै नभएर राज्यद्रोह र राज्यविरुद्धको अपराध भएको बताउँदै शरणार्थी काण्डमा आकर्षित हुने सबै प्रकारका मुद्दाहरु चल्नुपर्ने धारणा राखे ।

 
 
  
 

You may also like