प्रथम राष्ट्रिय पार्क सम्मेलन बुटवलमा हुने

बुटवल ।बुटवलमा प्रथम राष्ट्रिय पार्क सम्मेलन हुने भएको छ । यही जेठ ६ र ७ गते बुटवलमा रहेको मणिमुकुन्द सेन उद्यान फूलबारीमा पार्क सम्मेलनको आयोजना गर्न लागिएको हो ।

राष्ट्रिय पार्क सम्मेलन आयोजक समितिको आयोजनामा प्रकृति संरक्षण र सौन्दर्यता हाम्रो पहिचान, पर्यटन प्रबद्र्धन र संमृद्धिका लागि प्रथम सम्मेलन गर्न लागिएको हो ।

देशभरका पार्कका प्रतिनिधिहरुको सहभागीतामा पार्क सम्मेलनको आयोजना गर्न लागिएको मणिमुकुन्दसेन उद्यान संरक्षण समितिका अध्यक्ष खेम लुईटेलले जानकारी दिनुभयो । पार्क तथा चिडिया कारखाना सञ्चालनको लागि अहिलेसम्म कानून नबेको अवस्थामा सञ्चालनमा आएका जटिलताका विषयमा सम्मेलनमा छलफल हुने उहाँले बताउनु भयो ।

पार्क तथा उद्यान सम्बन्धि नीति निर्माण र पर्यटन प्रवर्धनमा सहयोग पुग्नेगरी देशभरि छरिएर रहेका उद्यानको व्यवस्थापन र सञ्चालनमा समस्याको पहिचान , समाधानका उपाय पत्ता लगाउनुका साथै संस्थागत विकास गर्ने उद्देश्यले पार्क सम्मेलन गर्ने लागिएको लुईटेलले जानकारी दिनुभयो ।

सम्मेलनमा पार्क तथा चिडिया खाना सञ्चालनका विषयमा विभिन्न बिज्ञहरुबाट कार्यपत्र प्रस्तुत हुने आयोजकले बताएको छ । २ दिन चल्ने पार्क सम्मेलनमा देशभरिका करिब १५० पार्कका ३ सय जना प्रतिनिधिहरु सहभागीहुने र पार्कहरुको राष्ट्रिय नेतृत्व चयन गर्ने आयोजक समितिका सदस्य सचिव समितिका सदस्य सचिव अनन्तराम शिलवालले जानकारी दिनुभयो ।

 
 
  
 

You may also like