आज विश्व उच्च रक्तचाप दिवस मनाइँदै

काठमाडौं । आज विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सरकारका विभिन्न निकायलगायत विभिन्न सङ्घसंस्थाले भोलि विभिन्न सचेतनामूलक कार्यक्रम गर्ने भएको छ । हरेक वर्ष मे १७ तारिखका दिन यो दिवस मनाइन्छ । विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रम गरेर आज उच्च रक्तचाप दिवस मनाइँदैछ ।

यो दिवस सन् २००५ देखि मनाउन थालिएको हो । बदलिँदो र व्यस्त जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ, नचाहिँदो सम्पत्ति र प्रगतिको प्रतिस्पर्धाले मानिसलाई हाइपरटेन्सिभ अर्थात् उच्च रक्तचापको बिरामी दिन प्रतिदिन बढ्दै गएका छन् । सन् २०१६ मा नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्वेले पनि उच्च रक्तचाप नेपालीहरूका लागि चिन्ता लिनुपर्ने अवस्थामा पुगेको देखाएको छ ।

सन्तुलित खानपान, शारीरिक अभ्यास र तनाव घटाउने गरेमा उच्च रक्तचापको समस्या कम हुने चिकित्सक बताउँछन् । नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्वेमा २५ प्रतिशत वयस्क पुरुषमा उच्च रक्तचाप भेटिएको छ । सहरी क्षेत्रमा यसको प्रभाव अझ बढ्दो छ ।

 
 
  
 

You may also like