तीन दलका शीर्ष नेताबीच संसदीय समितिको नेतृत्वमा सहमति

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच संसदीय सुनुवाई समितिको नेतृत्वमा सहमति जुटेको छ । आडज (आइतबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकले संसदीय सुनुवाई समितिको नेतृत्वमा सहमति जुटाएका हुन् ।

आइतबारको बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र प्रमुख सचेतक रमेश लेखक सहभागी भएका थिए । एमालेबाट अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ र विष्णु पौडेल तथा नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए ।

बैठकमा सहभागी कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले तीन दलले संसदीय सुनुवाई समितिको नेतृत्वको तय गरेको जानकारी दिएपनि विस्तृत विवरण खुलाउनु भएको छैन् । बैठकमा सहभागी माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले पनि संसदीय सुनुवाई समितिको नेतृत्व तय गरिएको र अन्य समितिका सभापतिहरुको नामको टुंगो आइतबार नै लाग्ने जानकारी दिए ।

यसअघि सभामुख देवराज घिमिरेले तीन दिनभित्र संसदीय सुनुवाइ समितिको नेतृत्व टुंग्याउन आग्रह गरेपनि दलहरुले सहमति जुटाउन सकेका थिएनन् । सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी विधेयकलाई छिट्टो टुंगोमा पुर्याउन संसदीय उपसमिति गठन गर्ने, संसदीय समितिहरूको नेतृत्व र प्रतिनिधित्व सहमतिका आधारमा गर्नेलगायतका विषयमा छलफल भएको थियो ।

 
 
  
 

You may also like