प्रेस युनियन रुपन्देहीमा नयाँ नेतृत्व चयन,अध्यक्षमा कविन्द्र नेपाल

बुटवल। नेपाल प्रेस यूनीयन रुपन्देहीको अध्यक्षमा पत्रकार कविन्द्र नेपाल निर्वाचित भएका छन् । यूनीयनको शुक्रबार सम्पन्न २१ औं साधारणसभा तथा ९ औं अधिवेशनले नेपालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा दीपक घिमिरे, समावेशी उपाध्यक्षमा कल्पना तिवारी, सचिवमा कपिल ज्ञवाली र कोषाध्यक्षमा गोविन्द बस्नेतलाई चयन गरेको छ । यसैगरी सीता बराल, तिलक सुवेदी र कृष्ण भण्डारी सहसचिव, भुवन जिसी सह-कोषाध्यक्ष चयन भएका छन् । कार्यसमिति सदस्यहरुमा ललित पान्डे, माधव पौडेल, तिर्सना पन्थी, सृष्टि अधिकारी भुसाल, हृदयराम गुप्ता, राहुल सापकोटा, कमला अर्याल, सुवास पौडेल, दिनेश पान्डे, ललिता घिमिरे, सिर्जना भट्टराई, मिठू खान, जयस महमद खान र ज्ञान कुमारी विक निर्विरोध निर्वाचित भएका छन् । नयाँ नेतृत्वलाई निवर्तमान अध्यक्ष रेखा भुसालले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिन् ।

शुक्रबार सम्पन्न अधिवेशनको उद्घाटन समारोमा विभिन्न शिर्षकका पुरस्कारले अग्रजहरुलाई सम्मान गरिएको थियो । जिपी कोइराला स्मृती पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार महासंघ रुपन्देहीमा अध्यक्ष तथा प्रेस यूनीयन रुपन्देहीका पूर्व सभापती रामराजा पोखरेललाई सम्मान गरिएको छ । यसैगरी वर्ष २०७९ लागि सोही शिर्षकको पुरस्कार पत्रकार भवानी प्रसाद पाण्डेले प्राप्त गरेका छन् । उक्त पुरस्कार २५ हजार राशीको रहेको छ । यसैगरी टोप शुशीला शिक्षा पत्रकारिता पुरस्कारबाट नगद २० हजार राशीसहित पत्रकार माधव नेपाल सम्मानित भएका छन् ।

 
 
  
 

You may also like