अमेरिका पठाइ दिने भन्दै ३५ लाख ठगेकाे आरोपमा शाक्य पक्राउ

काठमाडौँ । अमेरिका पठाइदिन्छु भन्दै ३५ लाख ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँका ५६ वर्षीय ओम शाक्य रहेका छन् । काठमाडौं अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई कालिमाटीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ । शाक्यले पासाङ ल्हामु शेर्पालाई वैदेशिक रोजगारका लागि अमेरिका पठाइदिन्छु भन्दै ४५ लाख ठगेको प्रहरीले जनाएको छ । शाक्यलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like