चलचित्र ‘हल्कारा’ आजदेखि हलमा

काठमाडौं । फ्राइडे (शुक्रबार) रिलिज अन्तर्गत आजबाट हलमा चलचित्र ‘हल्कारा’ प्रदर्शनमा आएको छ । महेश त्रिपाठी र बिनिता थापामगर मुख्य भूमिकामा रहेका छन् ।

‘हल्कारा’ ले प्रवासी युवक र उसलाई पर्खेर बस्ने एक नारीको कथा भन्छ । गत वर्ष ५५औं वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा यो चलचित्रले उत्कृष्ट चलचित्रसँगै महेश त्रिपाठीलाई उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीलाई उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड प्राप्त गरेको थियो ।

चलचित्र कालीपार स्टुडियो निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको हो । चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् । विप्लव प्रतीक र आकाश बरालले सह–लेखन गरेका छन् । महेश र बिनिताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्रीलगायतको अभिनय रहेको छ ।

 
 
  
 

You may also like