कहाँ–कहाँ छ आज बर्षाको सम्भावना ?

काठमाडौं । नेपालमा अहिले स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज (शुक्रबार) बिहान देशभर मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो कोसी, मधेस र वाग्मती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ ।

कोसी प्रदेशका साथै वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । विभागका अनुसार आज राति कोसी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

 
 
  
 

You may also like