टुंगो लाग्यो विश्वकप क्वालिफायरमा खेल्ने १० टिमको

काठमाडौँ । विश्वकप क्वालिफायरमा खेल्ने १० टिमको टुंगो लागेको छ ।

आगामी जुलाईमा जिम्बाबेमा हुने विश्वकप क्वालिफायरमा सुपर लिगबाट आउने ५ देशको तय भएसँगै क्वालिफायर खेल्ने १० देशको टुंगो लागेको हो ।

सुपर लिगको अन्तिम पाँचमा रहेका आयरल्याण्ड, नेदरल्याण्डस, श्रीलंका, वेस्टइण्डिज र जिम्बाबे विश्वकप क्वालिफायरमा छनौट भएका हुन् । आयरल्याण्ड र बंगलादेशबीचको खेल गएराती रद्ध भएसंगै आयरल्याण्ड विश्वकपमा स्वत छनौट हुन असफल भएको थियो । आयरल्याण्ड क्वालिफायरमा आएपछि दक्षिण अफ्रिका भने स्वत: विश्वकपमा छनौट भएको छ ।

त्यस्तै विश्वकप क्वालिफायरमा डिभिजन लिग २ का शिर्ष तीन देश स्कटल्याण्ड, ओमान र नेपाल यसअघि नै छनौट भएका छन् भने प्लेअफबाट क्वालिफायरमा युएई र अमेरिका छनौट भएका हुन् ।

विश्वकप क्वालिफायरमा शिर्ष दुई टिम सिधै विश्वकपमा छानिने छन् ।

आइसीसीले विश्वकप क्वालिफायर जुलाईमा हुने भने पनि यसको विस्तृत तालिका भने अझै सार्बजनिक गरेको छैन ।

 
 
  
 

You may also like