विगत राजनीतिको ब्याज खाएर रमाउँदा देशको बेहाल : सांसद श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विराजभक्त श्रेष्ठले दलका नेताहरू विगतको राजनीतिको ब्याज खाएर रमाउँदा देशको बेहाल भएको बताएका छन् ।

आज (मंगलबार) प्रतिनिधिसभा बैठकमा आउँदो आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा उनले सबैको ध्यान देश निर्माणमा हुनुपर्नेमा बताए । ‘अब विगतको राजनीतिको ब्याज खान छोड्दिनुस् । विगतको, ७० वर्षको, २५० वर्षको, यी नेताहरूले यो भनेका थिए भन्न छोड्दिनुस्’, उनले भने, ‘अब सहकार्य गरेर २१औँ शताब्दीको सम्भावना यो सदनबाट खोजौँ । हाम्रो राज्य यो ३० वर्षमा राजनीति व्यवस्थापन हो भन्ने कुरा नै नबुझेर चुकेको छ ।’

समाजवादका कुरा गरेर त्यसको मापन हुन नसक्दा पनि समस्या निम्तिएको उनको भनाइ छ । समाजवाद शब्दमा मात्र अल्झिँदा नागरिकको समस्या ज्युँकात्युँ भएको उनले बताए ।

 
 
  
 

You may also like