सुनको भाउ १२ सय रुपैयाँले घट्यो, तोलाका कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । गएको बिहीवार अहिलेसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ आज (आइतबार) भने एक हजार दुई सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख १० हजार ६ सय रुपैयाँ तोकिएको छ ।

अस्ती बिहीवार तोलामा एक लाख ११ हजार ८ सय रुपैयाँमा पुगेको थियो । हिजो शनिवार र अस्ति शुक्रवार सार्वजनिक बिदा भएकाले भाउ तोकिएको थिएन ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी आज पनि तोलाको एक हजार चार सय ४५ रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

 
 
  
 

You may also like