चार प्रदेशका पहाडी भू–भागमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा अहिले स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

आज (आइतबार) दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भूभागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति भने कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 
 
  
 

You may also like