लुम्बिनीको विकासका लागि सरकार ठोस योजनाका साथ अघि बढ्छ – प्रधानमन्त्री प्रचण्ड

लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लुम्बिनीको विकासका लागि सरकार अब ठोस योजनाका साथ अघि बढाउने बताएका छन् ।

२५६७ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसरमा शुक्रबार लुम्बिनीमा आयोजित समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले लुम्बिनी, कपिलवस्तु, देवदह र रामग्राममा रहेका ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाको संरक्षण र त्यस क्षेत्रको दिगो विकास गर्दै बृहत्तर लुम्बिनी क्षेत्रको रुपमा अघि बढाउने बताए ।

बृहत्तर लुम्बिनी क्षेत्रको रूपमा लुम्बिनीलाई विकास गर्न आफूले विगतमा संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनसँग छलफल गरेको उनले बताए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशभित्र बृहत् लुम्बिनी सर्किटको सम्भावना भएर पनि अगाडि बढ्न नसकेको बताए । रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लालाई शान्ति क्षेत्र घोषणा गरी शान्ति क्षेत्रको रुपमा विश्वव्यापी रुपमा फैलाउन जरुरी भएको बताए ।

 
 
  
 

You may also like