87
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३० रूपैयाँ ६२ पैसा र बिक्री दर १३१ रूपैयाँ २२ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रूपैयाँ १० पैसा र बिक्री दर १४४ रूपैयाँ ७६ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ३५ पैसा र बिक्री दर १६४ रूपैयाँ १० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७५ पैसा र बिक्री दर ३५ रूपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।