साउदी अरब गएको भन्दै पिएसजीले गर्‍यो मेस्सीलाई निलम्बन

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लियोनल मेस्सीलाई दुई साताका लागि निलम्बन गरेको छ । क्लबको अनुमति बिना एसियाली मुलुक साउदी अरबको भ्रमण गरेपछि पिएसजीले मेस्सीलाई दुई साताका लागि निलम्बन गरेको हो ।

फ्रान्सेली लिग वानमा पीएसजी र लोरेन्ट बिचको खेल पछि अर्जेन्टेनी कप्तान मेस्सी साउदी अरेबिया गएका हुन् । त्यस खेलमा पिएसजी पराजित भएको थियो । अब निलम्बनको समयमा मेस्सीले पीएसजीका लागि खेल्न पाउने छैनन् ।

क्लबका अनुसार मेस्सीलाई खेल खेल्न प्रतिबन्ध लाग्नुको साथै, टिममा बसेर अभ्यास गर्न पनि पाउने छैनन् । मेस्सी साउदी अरेबियाको पयर्टन राजदूतको भूमिकामा छन् ।

अर्जेन्टीनी कप्तान मेस्सीलाई साउदी अरबबाट आकर्षक प्रस्ताव आएको भन्ने चर्चा भईरहेको बेला मेस्सी साउदी अरब गएका हुन् । यसअघि क्रिस्टियानो रोनाल्डो पनि साउदी अरबिया क्लबबाट खेलिरहेका छन् । उनलाई पनि महंगो रकममा साउदी क्लबले अनुबन्धित गरेको हो ।

 
 
  
 

You may also like