तिलोत्तमाको लुम्बिनी वल्ड स्कुलमा ‘कोडिङ कक्षा’

लुम्बिनी प्रदेशमै पहिलो पटक रुपन्देहीको तिलोत्तमा स्थित लुम्बिनी वल्ड स्कुलमा कोडिङ कक्षा सञ्चालन हुने भएको छ । विद्यालयले शुरु गर्न लागेको कोडिङ कक्षा सञ्चालनका लागि नेपाल स्टीम एलाईन्सका सिईओ शुशिल बुढोथोकी र विद्यालयका प्रिन्सीपल बिष्णुप्रसाद ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

कोडिङ कक्षा सञ्चालनका लागि लुम्बिनी वल्ड स्कुलले वैशाख ९ गतेदेखि १७ गते सम्म शिक्षकहरुलाई तालिम प्रदान गरेको थियो । कोडिङ भनेको कम्प्युटरको भाषा हो, २१ औं शताब्दीको लागि बिभिन्न सिप मध्ये एक हो । बच्चाहरूलाई प्रारम्भीक उमेरमा नै कोडिङ सिकाउनाले उनीहरूका लागि नयाँ क्यारियर अवसरहरू खोल्न सक्ने छन् । कोडिङ कक्षासँगको साझेदारीमा स्कुलमा कोडिङ कक्षा कार्यक्रम लागु गर्न लागिएको हो ।

प्रबिधिको बिकाससंगै कक्षा १ देखि नै बिद्यार्थीहरुलाई सिप सिकाउदै जाने उद्धेश्यले स्कुलले आफ्नो पाठ्यक्रममा कोडिङ पाठ्यक्रमहरु लागि गरिएको विद्यालयका प्रिन्सीपल बिष्णुप्रसाद ढकालले जानकारी दिए । कोडिङ अभ्यासले समस्या समाधान र कम्प्युटेसनल सोच क्षमतामा सुधार गर्दछ विद्यालयका प्रिन्सीपल ढकालले भने ‘लुम्बिनी वल्र्ड स्कूलले परम्परागत विद्यालयहरूको अवधारणालाई अस्वीकार गर्दै प्रबिधि र सीपमा आधारित शिक्षामा बिशेष जोड दिन्छ ।’

सम्झौतापत्र हस्ताक्ष रकार्यक्रममा बोल्दै स्कुलका शैक्षिक निर्देशक डा. मीन प्रसाद खनालले विद्यालयलाई गतिविधिमा आधारित सिकाइ केन्द्रको रुपमा बिकास गर्दै जाने बताए । उनले युग सुहाउदो शिक्षा प्रदान गर्न आफुहरु लागि परेको बताउदै त्यसै अनुसारको पाठ्यक्रम लागु गर्दै आएको बताए ।

कोडिङ कक्षाका एकेडेमिक हेड दीपर्शन श्रेष्ठले कोडिङ कक्षाको माध्ययमबाट बिद्यार्थीहरु परम्परागत अबधारणा भन्दा माथि उठ्ने र भविष्यमा बिद्यार्थीहरुमा ज्ञान र सीप भरिपुर्ण हुने बताए ।

 
 
  
 

You may also like