लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चौधरीले लिए पद तथा गोपनीयताको शपथग्रहण

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

बिहिवार मुख्यमन्त्रीमा नियुक्त चौधरीले शुक्रबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथग्रहण गरेका हुन् । चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराए ।

चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

एमाले नेता लिला गिरी नेतृत्वको यसअघिको सरकारले सोमबार विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको थियो ।

चौधरीलाई नेपाली कांग्रेसका २७, नेकपा माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा, लोसपा, जनमत पार्टीका ३/३, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी पार्टीका १/१ गरी ५३ प्रदेशसभा सदस्यको समर्थन रहेको छ ।

 
 
  
 

You may also like