देवदह नगरले “लम्पी स्किन” रोकथामबारे किसान घरदैलो कार्यक्रम थाल्यो

बुटवल । गाईभैसिमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न देवदह नगरपालिका सक्रियता देखाएको छ । नगरपालिकाले नगरभित्रका घरगोठमा लम्पी स्किन रोग भित्रन नदिनका लागि विशेष ध्यान दिने गरि छलफलसङै सक्रियता अगाडि बढाएको हो
देवदह नगरपालिकाको कार्यवाहक नगर प्रमुख बिद्यालक्ष्मी गुरुङज्युको अध्यक्षतामा बैठक बसी लम्पी स्किन रोगको रोकथामका बिषयमा गृहकार्य गर्ने निर्णय गरेको छ । नगरका प्रमुख प्रसासकिय अधिकृत , वडा अध्यक्षहरु, पशु स्वास्थ्य शाखा प्रमुख , पशु प्राबिधिकहरु सहितको आकस्मिक बैठक बसेर पशुमा देखिएको लम्पी स्किन रोग रोकथाम तथा नियन्त्रणकालागि गृहकार्य समेत थालेको हो ।

बैठकले लम्पी स्किन रोगले देवदहमा पशुपालक किसानलाई पारेको प्रभाव हालसम्म मरेका गाई संक्रमणमा परेका गाइको संख्या तिनको अवस्था रिपोर्टिङ सहित पशुलाइ तत्काल खोपको ब्यवस्था गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय गरेको नगर प्रवक्ता गणेश डुम्रेले जानकारी दिनु भयो । प्रवक्ता डुम्रेका अनुसार बैठकले लम्पी स्किन रोग सम्बन्धि पशुपालक किसानलाई जनचेतना जगाउने, लम्पी स्किनबाट गाई भैसिलाइ जोगाउन प्राथमिक उपचारको लागि जोरोको लागि सिटमोल,घाउमा लगाउने मलम र दुखाइ कम गर्ने पेन्किलर पशुशाखा बाट निशुल्क उपलब्ध गराउने, वडागत रुपमा गाइ भैसिमा देखिएको समस्याको दैनिक रिपोर्टिङ पशुशाखामा गर्न किसानहरुमा अनुरोध गर्ने, रोग नियन्त्रणको लागि जनप्रतिनिधि पुर्णरुपमा परिचालन हुने निर्णय भएको छ।
यस्तै १२ वटै वडा समितिको बैठक बसेर पशुपालक किसान माझ जनचेतनामूलक कार्यक्रम लिएर घर घरमा पुग्ने निर्णय समेत गरिएको प्रवक्ता डुम्रेले जानकारी दिनु भयो ।

 
 
  
 

You may also like