पाल्पामा बस पल्टियो : एकको मृत्यु, १८ जना घाइते

बुटवल । पाल्पाको जोरधारामा यात्रुवाहक बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको बस पाल्पाको जोरधारामा दुर्घटना हुँदा गम्भीर घाइते भएकाी महिलाको उपचारका क्रममा मेडिकल कलेज प्रवास पाल्पामा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका ३७ जनालाई मेडिकल कलेजमा ल्याएको ट्राफिक प्रहरी हवल्दार तीलक खत्रीले जानकारी दिनुभयो । लु १ ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–५ जोरधारामा दुर्घटना हुँदा सडकबाट करिब २ सय मिटर तल खसेको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like