कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ १४ पैसा र बिक्री दर १३१ रूपैयाँ ७४ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रूपैयाँ ८९ पैसा र बिक्री दर १४४ रूपैयाँ ५५ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ १५ पैसा र बिक्री दर १६३ रूपैयाँ ९० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८९ पैसा र बिक्री दर ३६ रूपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 
 
  
 

You may also like