यी प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना

काठमाडौं । देशको केही भू–भागमा आज (बुधबार) वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको हो ।

वागमती र कोसी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ । काठमाडौं उपत्यकालगायत देशका केही भू–भागहरुमा तुवाँलोको सम्भावना रहेको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । विभागले आज राति सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा तथा वागमती र कोसी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

 
 
  
 

You may also like