पोखराको सेती खोंचमा खसेर बालिकाको निधन

पोखरा । कास्कीको पोखरा महानगरपालिका–१५ सेती किनारको खोंचमा खसेकी बालिकाको निधन भएको छ । पोखरा–८ नागढुंगाकी १२ वर्षीया स्मृति पराजुली दिउँसो ३ बजेतिर खोंचमा खसेकी थिइन् । खोंचमा खसेको झण्डै साढे २ घण्टापछि मात्रै उनको उद्धार भएको थियो । गण्डकी प्रहरी गणबाट समेत रेस्क्यु टोली पुगेर बालकको खोंचबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।

उद्धारपछि बालिकालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकका अनुसार चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । प्रहरीका अनुसार पराजुली काठमाडौंबाट छुट्टीमा घर आएकी थिइन् । काठमाडौंमै अध्ययनरत पराजुली शनिबार साथीसँग घुम्न सेती किनार पुगेकी थिइन् ।

 
 
  
 

You may also like