स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?

काठमाडौँ । नेपालमा अहिले स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थान र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का / क्षणिक वर्षाको सम्भावना रहेको छ ।

आइतबार देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ ।

कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का /क्षणिक वर्षाको सम्भावना रहेको छ । वर्षाका गतिविधि कम भएसँगै डढेलोका घटनाहरूमा वृद्धि भइरहेको र यसले प्रदूषण समेत वृद्धि भइरहेको महाशाखाको भनाई छ ।

 
 
  
 

You may also like