नयाँ बर्ष २०८० को अवसरमा नव शान्ति क्लबद्वारा रक्तदान,३० युनिट रगत संकलन

बुटवल । नव शान्ति युवा क्लबद्वारा नयाँ बर्षव २०८० सालको अवसरमा रक्तदान कार्यक्रम गरेको छ। शुक्रबार भएको कार्यक्रममा ३० युनिट रगत संकलन भएको थियो ।

साथै कार्यक्रममा नव निर्वाचित होटल तथा रेस्टुरेन्ट ब्यवासायी संघ रुपन्देहीका कार्यसमिति सदस्यलाई स्वागत तथा बधाई कार्यक्रम गरिएको थियो।

कार्यक्रममा नयाँ उदयमान खेलाडिहरु लाई नया बर्ष सङ्गै खेल्न अझै प्रेणा मिल्ने हेतुले खेलकुद सामाग्री सहयोग
नव शान्ति युवा क्लबका अध्यक्ष शिव भट्टराईको अध्यक्षता , बुटवल उप-महानगरपालिका ९ का वडा अध्यक्ष प्रदिप कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

समुन्द्र जि.सि., लेखनाथ भन्डारी चिरञ्जीवी श्रेष्ठ प्रदिप कुमार श्रेष्ठले मन्तव्य राखेका थिए।

कार्यक्रम संचालक केशब खनालले गरेका थिए।

 
 
  
 

You may also like