बुटवल मोबाइल संघ रुपन्देहिले शुभकामना आदनप्रदान तथा क्यालेन्डर बिमोचन

बुटवल । बुटवल मोबाइल संघ रुपन्देहिले शुभकामना आदनप्रदान तथा क्यालेन्डर बिमोचन कार्यक्रम गरेको छ ।

संघले नयाँ बर्ष २०८०को अवसर पारेर आज बुटवलम एक कार्यक्रमका बिच क्यालेन्डर बिमोचन एवं शुभकामना आदनप्रदान कार्यक्रम गरेको हो । संघका अध्यक्ष बिष्णु ज्ञवालिको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उहाले बर्ष २०८० ले देशमा देखिएको आर्थिक मन्दी लगायतका समस्याको अन्त्य हुँदै सहज रुपमा ब्यवसाय गर्ने वातावरणको श्रजना हुने कामना गर्नु भयो ।

संघका वरिष्ठ उपाध्यक्ष एवं क्यालेन्डर प्रकाशन सम्योजक शिव देव अर्यालको स्वागत रहेको कार्यक्रममा संघका सदस्य कृष्ण प्रसाद आचार्य, सल्लाहकार नारायण गौतम, प्रेस सल्लाहकार सुमन श्रेष्ठ लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो ।

संघका महा- सचिव दिपेन्द्र पान्डेको सन्चालनमा कार्यक्रम भएको थियो ।

 
 
  
 

You may also like