इडनद्वारा नतिजा प्रकाशन तथा पुरस्कार वितरण

बुटवल । इडन इङ्गलिस बोर्डिङ स्कूल बुटवल–११ नहरपुरले आफ्ना विद्यार्थीको नतिजा प्रकाशन तथा पुरस्कार वितरणसँगै २ दिने सम्मान कार्यक्रम सम्पन्न गरेको छ । शैक्षिक सत्र २०७९ मा उकृष्ट अंकल ल्याई उत्तिर्ण भएका कक्षा नर्शरीदेखि २ सम्मका विद्यार्थी र कक्षा ३ देखि ९ सम्मका विद्यार्थीलाई दुई दिने कार्यक्रमका बीच पुरस्कार वितरण गरेको हो ।

यसैबीच बुधबार कक्षा ३ देखि ९ सम्मका विद्यार्थीको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा बोल्दै बुटवल उपमहानगर–११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले बुटवल शैक्षिक हबको रुपमा विकसित भएको उल्लेख गरे । सिङ्गो बुटवललाई उत्कृष्ट र शैक्षिक गन्तव्यको पहिलो केन्द्र बनाउनका लागि यहाँका सामुदायिकसँगै नीजि शैक्षिक संस्थाहरुको भूमिका पनि महत्वपूर्ण रहने उल्लेख गरे । इडन स्कूलले पनि एउटा इटा थप्ने काम गरेको बताउँदै उनले व्यवहारिक तथा सामाजिक शिक्षालाई पनि जोड दिनुपर्ने उल्लेख गरे ।

१ हजार बढी विद्यार्थी रहेको इडन स्कुलले पहिलो दिन मँगलबार कक्षा नर्सरीदेखि २ कक्षासम्मका विद्यार्थीको नतिजा प्रकाशन गरेको थियो भने दोस्रोदेखि त्यसभन्दा माथिका विद्यार्थीको नतिजा प्रकाशन गरेको हो । विद्यालयले नयाँ शैक्षिक सत्र २०८० का लागि विद्यार्थी भर्ना अभियान समेत सञ्चालन गरेको विद्यालयका प्राचार्य शिवहरी भट्टराईले जानकारी दिए । शैक्षिक गतिविधिसँगै विभिन्न खेलकूद गतिविधिहरुमा समेत इडनले उत्कृष्ट नतिजाहरु प्राप्त गर्दै आएको उनको दाबी छ । कार्यक्रममा उपस्थित अभिभावक, विद्यार्थी, अतिथी लगायतलाई स्वागत गर्दै विद्यालयका उप–प्राचार्य जगत पौडेलले बालबालिकालाई खेल्दै सिक्दैको वातावरण इडनले उपलब्ध गराएको दाबी गरे । पाठ्यक्रम बाहेक व्यवहारिक र सामाजिक ज्ञान सीप प्रदान गरेर समाजका लागि उदाहरणीय र सक्षम नागरिक निर्माण विद्यालयको मुख्य उद्देश्य रहेको उनले बताए ।

विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख शिक्षक कुशल बस्यालको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न खेल गतिविधिमा सहभागई भई उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान गरिएको थियो ।

 
 
  
 

You may also like