विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ८८ पैसा र बिक्री दर १३१ रूपैयाँ ४८ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रूपैयाँ ७८ पैसा र बिक्री दर १४३ रूपैयाँ ४३ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ७६ पैसा र बिक्री दर १६३ रूपैयाँ ५० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८१ पैसा र बिक्री दर ३५ रूपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 
 
  
 

You may also like