सरकार र मिटर ब्याजपीडितबीचको वार्ता सकारात्मक

काठमाडौं । न्यायका लागि काठमाडौंमा आन्दोलनरत मिटरब्याजपीडित र सरकारी प्रतिनिधिबीचको वार्ता सकारात्मक भएको छ ।
आज (सोमबार) गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला संयोजकत्वको टोलीले पीडितहरूसँग गरेको दोस्रो वार्ता सकारात्मक भएको मिटरब्याजीपीडित संघर्ष समितिका प्रवक्ता मृग नवीनले बताए ।

उनले मिटरब्याज अपराध छानबिन समिति र पीडितबीच भएको पाँच बुँदे सहमतिका विषयमा छलफल भएको जानकारी दिए । उनले पीडितहरूसँग यसअघि भएका सहमति कार्यान्वयन र पछिल्लो पटक संघर्ष समितिले पेस गरेका मागबारे दोहोरो संवाद भए पनि सहमति हुन नसकेको बताएका छन् । उनका अनुसार मंगलबार मिटर ब्याजपीडित संघर्ष समितिका संयोजकसहित वार्ता गर्ने गरी आजको वार्ता सकिएको छ ।

 
 
  
 

You may also like