समाजसेवी तथा घरधनी शेरचनद्धारा बहालमा १५ देखि २० प्रतिशत सम्म छुट

बुटवल । समाजसेवी तथा घरधनी मृगेन्द्र कुमार शेरचनले घरबहालमा १५ देखि २० प्रतिसत छुट दिनुभएको छ ।
आर्थिक मन्दीका कारण ब्यवसायीहरु मारमा परिरहेको बेला समाजसेवी मृगेन्द्र कुमार शेरचनले आफनो घरको सम्पूर्ण सटरभाडामा बस्नुहुने ब्यवसायीहरुलाई १५ देखि २० प्रतिशत सम्म छुट दिनुभएको हो ।

पछिल्लो समय ब्यापार ब्यवसायमा कमी भएका कारण बहाल बुझाउन गाह््रो पर्ने हुँदा ब्यवसायीहरुलाई राहत स्वरुप बहालमा १५ देखि २० प्रतिशत २० छुट गरिएको घरधनी शेरचनले बताउनुभयो । उहाँले हाललाई एक बर्षका लागी छुट दिईएको र अवस्था हेरी यसलाई निरन्तर गरिने पनि बताउनु भयो ।

समाज सेवी शेरचनले बिगत कोरोना महामारीको समयमा पनि ३ महिना घरभाडा मिनाहा गर्नुभएको थियो । सामाजिक सेवामा निरन्तर लाग्नु भएका शेरचनले कोरोनाको महामारीको समयमा राहत स्वरुप गरिव विपन्न परिवारहरुलाई खाध्यान्न वितरण समेत गर्नुभएको थियो ।

 
 
  
 

You may also like