संस्कृती पर्यटन मन्त्री श्रीपालीद्धारा बुद्धजन्मस्थलको भ्रमण

लुुम्बिनी ।संस्कृती पर्यटन तथा नागरिक उडडयन राज्य मन्त्री सुशिला सिर्पाली ठकुरीले बुुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गर्नुुभएको छ । राज्यमन्त्री भएपछि पहिलोपटक बुुद्धजन्मस्थ आउनुुभएका राज्यमन्त्री सिर्पालीलाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ ।

कोषका उपाध्यक्ष भिक्षुु मैत्तय, सदस्य सचिव सानुराजा शाक्य, परिषद सदस्य श्रीराम यादव, बोर्ड सदस्य विश्वराज पौडेल, सुचना तथा जनसम्पर्क प्रमुख डा। हरिध्वज राईले स्वागत गर्नुभयो । मन्त्री सिर्पालीले मायादेवि मन्दिरको दर्शनसँगै गौतमबुुद्धको जन्मस्मारक, अशोक स्तम्भ, पुष्करणी ताल, पवित्र बगैँचा र शान्तिदिप क्षेत्रको निरीक्षण गर्दै जानकारी लिनुुभयो ।

बुुद्धजन्मस्थल लुम्बिनीको भ्रमणपछि राज्यमन्त्री श्रीपालीले बुद्ध दर्शनको हिसाबले अझ विस्तार गर्ने गरि सरकारले काम गर्ने बताउनुुभयो । उहाँले लुम्बिनीलाई विश्वमाझ चिनाउनका लागि गुणात्मक हिसाबले काम गर्नुपर्ने आवश्यकता देखेको बताउनुुभयो ।

राज्यमन्त्री सिर्पालीले आफूू लुम्बिनी प्रदेशकै बासिन्दा भएकाले पनि बुद्धजन्मस्थलको विश्वव्यापी प्रचार र बौद्ध दर्शनको प्रभाव विस्तारका लागि क्रियाशिल हुने प्रतिबद्धता जनाउनुुभयो ।

उक्त अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय, सदस्य सचिव सानुुराजा शाक्य र सूचना तथा जनसम्पर्क प्रमुख राईले लुम्बिनि र बुद्वका बारेमा जानकारी दिनुुभएको थियो । राज्यमन्त्री श्रीपालीले मुख्य नहरमा डुंगा शेयर समेत गर्नुुभयो । उहाँले थाई विहारको अवलोकन गर्दै लुम्बिनीमा रहेका विहारहरुको बारेमा जानकारी लिनुुभयो ।

राज्यमन्त्रीसँगै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य किस्मत विश्वकर्मा, राज्यमन्त्री सचिवालयका प्रेस संयोजक गोपी ज्ञवाली लगायतको सहभागिता रहेको थियो ।

 
 
  
 

You may also like