सिंहदरबार अगाडि मिटर ब्याजपीडितको प्रदर्शन : १० जना पक्राउ

काठमाडौं । प्रहरीले १० जना मिटर ब्याजपीडितलाई नियन्त्रणमा लिएको छ । न्याय माग्न तराईबाट काठमाडौं आएका मिटरब्याज पीडित शुक्रबार सिंहदरबार बाहिर प्रदर्शनका क्रममा प्रहरीले उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सरकार आफूहरुको माग सम्बोधनमा गम्भीर नभएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । सरकारले आफूहरूसँग पटक–पटक सम्झौता गरेपनि माग सम्बोधनमा गम्भीर नभएको उनीहरूको गुनासो छ । मधेश प्रदेशबाट आएको मिटर ब्याजीपीडितहरुको एउटा समूहसँग सरकारले सहमति गरेलगत्तै अर्को समूह पनि आन्दोलनमा उत्रिएको हो ।

मिटर ब्याजी पीडितहरुको अर्को समूहले शुक्रबार सिंहदरबारको मूलगेटअगाडि प्रदर्शन गरेका हुन् । सरकारले निषेधित क्षेत्र तोकेको स्थानमा प्रदर्शन भएपछि प्रहरीले हस्तक्षेप गरेको छ । थापाथली हुँदै अघि बढेका मिटर ब्याजीपीडितहरु माइतीघर मण्डलबाट भद्रकालीसम्म नारा लगाउँदै पुगेका थिए । त्यहाँबाट सिंहदरबार अगाडि जान खोज्दा प्रहरीले उनीहरुलाई धरपकड गरेको हो ।

 
 
  
 

You may also like