बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ ।

आज छापावाल सुन तोलाको एक लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ । उक्त सुन बिहीबार तोलाको एक लाख १० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलाको एक लाख नौ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 
 
  
 

You may also like