पहाडी भू–भागमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा अहिले स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

आज (बुधबार) दिउँसो देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । राति भने सामान्यतया मौसम सफा रहने छ ।

भोलि (बिहीबार) पनि देशका पहाडी भू–भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । त्यसपछि क्रमशः मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।

 
 
  
 

You may also like