विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आज विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार आज अमेरिकी एक डलरको खरिद दर १३१.१७ रुपैयाँ रहेको छ । बिक्री दर भने १३१.७७ रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १४२.२० रुपैयाँ रहेको छ । बिक्री दर भने १४२.८५ रुपैयाँ रहेको छ ।
यस्तै, साउदी रियाल एकको खरिद दर ३४.९४ रुपैयाँ रहँदा बिक्री दर ३५.१० रुपैयाँ रहेको छ ।

आज मलेसियन रिंगिट एकको खरिद दर २९.७३ रुपैयाँ रहँदा बिक्री दर २९.८६ रुपैयाँ रहेको छ ।

 
 
  
 

You may also like