राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना भएका छन् । पेटमा समस्या भएपछि उनी शनिबार साँझ उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएको राष्ट्रपतिका उपस्वकीय सचिव सुशील तिमल्सिनाले जानकारी दिए ।

राष्ट्रपति पौडेल पेटमा समस्या भइ शनिबार साँझ भर्ना भएको र हाल चिकित्सकहरुको निगरानीमा रहेको अस्पतालले जनाएको छ ।

रास्ट्रपति पौडेलको अहिले महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ। राष्ट्रपति पौडेलको उपचारमा संलग्न चिकित्सक डा. निरज बमका अनुसार अहिले अवस्था सामान्य छ ।

पेटमा समस्या देखिएपछि उनलाई शनिबार दिउँसो ४ बजे अस्पताल पुर्‍याइएको थियो । ‘छाती र पेटमा समस्या देखिएको छ । निगरानीमा राखिएको छ,’ डा. निरज बमले भने । अहिले राष्ट्रपति पौडेललाई चिकित्सकको निगरानीमा राखिएको अस्पतालले जनाएको छ ।

 
 
  
 

You may also like