मिटर ब्याजपीडितलाई प्रधानमन्त्रीको आश्वासन : मेरै कार्यकालमा न्याय दिन्छु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै कार्यकालमा मिटर ब्याजपीडितलाई न्याया दिने प्रतिवद्धता जनाएका छन् ।

न्याय माग्दै प्रधानमन्त्री निवास बालुवाटार पुगेका मिटरब्याज पीडितसँग भेट गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले मिटर ब्याजीपीडितको समस्या कानून बनाएर दीर्घकालीन रुपमै समाधान गर्ने बताएका हुन् । मिटर ब्याज सामान्तवादको अवशेष रहेको बताउँदै उनले यो लडाई सबैले जित्नु पर्ने बताएका छन् ।

उनले भने, ‘मिटरब्याज पीडितको समस्या गम्भिर छ । यो मुद्दा ठूलो र जित्नै चुनौती हामीसँग छ । मिटरब्याज समान्तवादको अवशेष हो । यो लडाई मेरै कार्यकालमा जित्नु पर्छ । दीर्घकालीन रुपमा यो समस्या समाधान गर्न कानून नै बनाउनु पर्छ । यसको तयारीमा सरकार छ । तपाईहरु समहति गरेर मात्रै यहाँबाट जानु होला ।’

भेटका क्रममा पीडितले प्रधानमन्त्री दाहाल समक्ष आफ्ना पीडा राखेका थिए । यसक्रममा कतिपय पीडित भक्कानिएका समेत थिए । पीडा सुनेपछि प्रधानमन्त्री दाहालले कानून बनाएर दीर्घकालीन रुपमै समस्याको समाधान गर्ने आश्वासन दिएका हुन् ।

 
 
  
 

You may also like