बारामा १५ मिनेटभित्रै बाहिरियो एसइईको प्रश्नपत्र

जनकपुरधाम । बारामा माध्यमिक शिक्षा परीक्षा (एसइई) को प्रश्नपत्र बाहिरिएको छ ।

परीक्षा सुरु भएको १५ मिनेटभित्रै अंग्रेजी विषयको प्रश्नपत्र फेसबुकबाट बाहिरिएको हो ।

आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिरिएको प्रहरीले जनाएको छ । प्रश्नपत्र बाहिरिएको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

 
 
  
 

You may also like