विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ४५ पैसा र बिक्री दर १३२ रूपैयाँ ०५ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रूपैयाँ ६७ पैसा र बिक्री दर १४३ रूपैयाँ ३२ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ २२ पैसा र बिक्री दर १६२ रूपैयाँ ९६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९७ पैसा र बिक्री दर ३६ रूपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 
 
  
 

You may also like