शाइन रेसुङ्गा बेलबास शाखाद्वारा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बुटवल। युवाहरूमा वित्तीय शिक्षाको महत्वबारेमा जागरण ल्याउने उद्देश्यले वार्षिक रूपमा मनाइने साप्ताहिक अभियान हो । सन् २०१२ देखि हरेक वर्षको मार्च महिनामा मनाउन सुरु गरिएको यो सप्ताह Organisation of Economic Cooperation and Development (OECD) को संयोजनमा विश्वका धेरै मुलुकमा मनाउने गरिन्छ । युवालाई वित्तीय ज्ञान, सीप र मनोवृत्तिका साथै व्यावहारिक रूपमा सक्षम बनाउँदै विवेकशील वित्तीय निर्णय गर्न अभिप्रेरित गर्दै आर्थिक सम्वृद्धिमा सघाउ पुऱ्याउने उद्देश्यमा यो सप्ताह केन्द्रित रहँदै आएको छ ।

Global Money Week को स्थायी नारा: ‘Learn Save Earn रहेको छ भने एघारौ श्रृंखलाका रूपमा मनाइने Global Money Week 2023 को थिम: ‘Plan your money, plant your future’ रहेको छ । यस वर्षको थिमले युवाहरूमा वित्तीय चेतना अभिवृद्धिमार्फत वित्तीय व्यवहारको दिगोपन र सबल वित्तीय वातावरण विकासमा जोड दिएको छ ।

OECD को अनुरोधबमोजिम सन् २०२३ को Global Money Week मार्च २० देखि २६ सम्म नेपाल राष्ट्र बैकको संयोजनमा नेपालभर मनाउने कार्यक्रम रहेको छ । यस साप्ताहिक कार्यक्रममार्फत युवाहरूमा वित्तीय शिक्षाको प्रवर्द्धन गर्दै वित्तीय साक्षरता अभिवृद्धि गरी वित्तीय समावेशिता प्रवर्द्धनका माध्यमले स्वरोजगार सिर्जना, उत्पादन तथा आय वृद्धि र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यसै कार्यक्रम अन्तर्गत शाइन रेसुङ्गा डेभलपमेन्ट बैँक लिमिटेड बेलबास शाखाद्वारा सोमबार बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । बुटवल उप- महानगरपालिका वडा नं.१३, रुपन्देही स्थित श्री बुटवल ग्लोरी इंग्लिस बोर्डिङ स्कुलमा बैँकले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रम शाइन रेसुङ्गा डेभलपमेन्ट बैँक लिमिटेड प्रमुख संचालन अधिकृत (COO) नम्रता थापाले बित्तिय साक्षरता सम्बन्धि विभिन्न जानकारी व्यक्त गर्दै बैंकले प्रदान गर्ने विभिन्न किसिमका सुबिधाहरुको बारे युवा बिद्यार्थीहरु माझ प्रस्तुत गर्नुभएको थियो साथै बैंकको बेलबास शाखा प्रमुख शिला खरेलले उक्त कार्यक्रम संचालन तथा कार्यक्रमको उदेश्य बारेमा प्रकाश पार्दै आगामी दिनमा पनि बैंक ले यस्ता किसिमका कार्यक्रम गर्ने जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा बिधालयका प्रध्यानाध्यापक श्री शंकर गौतमले केहि भनाइहरु राख्दै यो कार्यक्रमले बिद्यार्थीहरुमा बचत गर्ने बानिको बिकास हुने तथा विभिन्न बित्तीय जानकारीहरु बारे ज्ञान प्राप्त हुने भन्दै आफ्ना अनुभव हरु व्यक्त गर्नुभएको थियो । कार्यक्रममा शिक्षक तथा युवा बिद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको बैंकले जनाएको छ ।

 
 
  
 

You may also like