अनेरास्ववियूले आत्मलोचना गरेपछि बुटवल क्याम्पसमा स्ववियू निर्वाचनमा सहमति

बुटवल।बुटवल बुटवल बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचनको लागितोकिएको समय तालिका अनुसार अनेरास्ववियूले निर्वाचनको आचार संहिता उल्लघन गरेकोमाआत्मलोचना गरेको छ ।

त्यस्तै निर्वाचन समितिले समेत अनेरास्ववियूलाई सजग बनाएको छ । आज ब्याम्पसमा भएको ६ विद्यार्थी संगठनका नेताहरुकोे बैठकले आचार संहिता उल्लघन गर्नेलाई आत्मलोचना गराएको हो ।

आगामी दिनमाकोही कसैले पनिआचार सहिंता विरुद्धका गतीविधी हुन नदिने विद्यार्थी संगठनका नेताले प्रतिवद्धता जनाएका छन । बैठकले केन्द्रिय अनुगमन समितिवाट प्राप्त पत्रलाई छलफल माल्याई सोही अनुसार आचार सहिंता पालना गर्ने, मतगणनामा एक पटकमा १ जना मात्र बस्न पाउने,र सो व्यक्ति क्याम्पसको परिचय पत्र धारी विद्यार्थी हुनु पर्ने निर्णय गरेको छ ।

निर्वाचनमा फरक परिचय पत्रमा आएको पाईएमा ततकाल कानुनी कारवाही गर्ने क्याम्पसमा भर्ना भएको व्यक्ति भएको खण्डमा क्याम्पसवाट निष्कासन गर्ने निर्णय भएको विद्यार्थी नेताहरुले हस्ताक्षर गरि जारी निर्णयमा उल्लेख गरिएको छ ।

आईतवार पूर्वघोषित समय तालिकामा बुटवल बहुमुखी क्याम्पसको निर्वाच नगर्न विद्यार्थी संगठन बीच सहमती भएको छ ।

 

 
 
  
 

You may also like