नेपालले चौथो विकेट गुमायो, कुशल भुर्तेल आउट

काठमाडौं । आइसीसी विश्वकप लिग–२ अन्तर्गत युएईले नेपाललाई ३११ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ ।

यसैक्रममा नेपालले चौथो विकेट गुमाएको छ । ओपनर कुशल भुर्तेल ३५ बलमा ५० रन बनाएर आउट भए । उनी जुनाइद सिद्धिकीको बल आउट भएका हुन् ।

नेपालले पहिलो ओभरमा नै नेपालका ओपनर आसिफ सेख शुन्य रनमा गुमाएको थियो भने दोस्रो ओभरमा कुशल मल्ल ५ रन बनाएर आउट भएका थिए । कप्तान रोहित पौडेल व्यत्तिगत १६ रन बनाएर आउट भए ।

अहिले भिम सार्की र आरिफ शेख खेलिरहेका छन् । यो समाचार तयार गरुन्जेल नेपालले १७ ओभरमा ४ विकेट गुमाउँदै ९९ रन बनाएको छ ।

 
 
  
 

You may also like