घाँटी रेटिएको अवस्थामा सुर्खेतमा युवकको शव फेला

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एक युवकको शव फेला परेको छ । मंगलबार साँझ वीरेन्द्रनगर–१० बुदबुदीमा एक युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा फेला परेको शवको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मण शाहीले जानकारी दिएका छन् । घटना अनुसन्धानको लागि प्रहरीले कोहलपुरबाट तालिम प्राप्त कुकुरसहितको अनुसन्धान टोली घटनास्थलमा खटाएको छ ।

 
 
  
 

You may also like