विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ६९ पैसा र बिक्री दर १३२ रूपैयाँ २९ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रूपैयाँ १० पैसा र बिक्री दर १४१ रूपैयाँ ७४ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ०३ पैसा र बिक्री दर १६० रूपैयाँ ७६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०७ पैसा र बिक्री दर ३६ रूपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 
 
  
 

You may also like